समृद्धिको सहयात्री
Loan
- Business Loan(व्यापार/व्यवसाय कर्जा )
- Real Estate & Housing Loan (घर / जग्गा खरीद तथा निर्माण कर्जा)
- Social Loan(सामािजक कर्जा )
- Group Micro Loan(समूह लघु कर्जा)
- Commercial Loan(औधाेगिक कर्जा)
- Education Loan(शैक्षिक कर्जा)
- Foreign Employement Loan(वैदेशिक रोजगार कर्जा)
- Agriculture Loan(कृषि कर्जा)
- Hire Purchase Loan(सवारी साधन खरिद कर्जा (हायरपर्चेज)
- Saving Loan(बचत कर्जा)

Our various Loan services
Social Loan(सामािजक कर्जा )
- धार्मिक भ्रमण, विरामी भई उपचारकाे लागी, विवाह वर्तबन्ध, पास्नी , मृत्यु संस्कार तथा घरायसी व्यवहारमा आइपर्ने समस्या टार्नकाे लागी याे शिर्षकबाट कर्जा लगानी गरिनेछ ।
- कर्जाकाे अवधी बढीमा ३ वर्षकाे हुनेछ ।
- कर्जाकाे व्याज मासिक रुपमा बुझाउनु पर्नेछ भने किस्ता आपसी समझदारीबाट मासिक,त्रैमासिक,अर्धवार्षिक वा वार्षिक गर्न सकिनेछ ।
Agriculture Loan(कृषि कर्जा)
- कृषक सदस्यहरुलाई खास गरि बेमौसमी खेती, तरकारी खेती, फलफूल खेती, गाई तथा भैसी पालन, माछापालन, बाख्रापालन, कुखुरा पालन वा अन्य पशुपंक्षी पालन लगायतका लागी कृषि कर्जा शीर्षकमा ऋण लगानी गरिनेछ ।
- राम्रो व्यवसाय सञ्चालन गरेमा यस्तो ऋणको हकमा सञ्चालक समितिको निर्णयले व्याजमा विशेष छुट पनि दिन सक्नेछ ।
- कर्जाकाे अवधी बढीमा ५ वर्षकाे हुनेछ ।
- कर्जाकाे व्याज मासिक रुपमा बुझाउनु पर्नेछ भने किस्ता आपसी समझदारीबाट मासिक,त्रैमासिक,अर्धवार्षिक वा वार्षिक गर्न सकिनेछ ।
Real Estate & Housing Loan (घर / जग्गा खरीद तथा निर्माण कर्जा )
- सदस्यहरुले आफनो आवास प्रयोजनको लागि घर निर्माण साथै घर मर्मत तथा पुन संरचनाका लागि ऋण लगानी गरिनेछ ।
- यो शिर्षक अन्तरगत ऋण उपभोग गर्ने सदस्यहरुले घरको नक्सा, सम्बन्धित निकायबाट भवन निर्माणको सम्बन्धित इजाजत पत्र, अनुमानित लागत, आवश्यक धितो, आयस्रोत तथा अन्य आवश्यक पर्ने कागजातहरु पेश गर्नुपर्नेछ ।
- कर्जाकाे अवधी बढीमा ५ वर्षकाे हुनेछ ।
- कर्जाकाे व्याज मासिक रुपमा बुझाउनु पर्नेछ भने किस्ता आपसी समझदारीबाट मासिक,त्रैमासिक,अर्धवार्षिक वा वार्षिक गर्न सकिनेछ ।
Group Micro Loan(समूह लघु कर्जा)
- संस्थाले कम आय भएका र उद्यमशील सदस्यहरुलाई लक्षित गरि सहज रुपमा ऋण सेवा प्रवाह गर्नका लागि लघु ऋण प्रदान गर्नेछ ।
- सामान्यतया लघु ऋण दिदा सामुहिक जमानीमा समूह र केन्द्र निर्माण गरि ऋण नीतिमा उल्लेख भए बमोजिमको रकम ऋण लगानी गरिनेछ ।
- कर्जाकाे व्याज र किस्ता मासिक रुपमा अनिवार्य तिर्नुपर्नेछ।
- कर्जाकाे अवधी बढीमा १ वर्षकाे हुनेछ ।
Foreign Employement Loan(वैदेशिक रोजगार कर्जा)
- नेपाल सरकारकाे श्रम स्वीकृतिकाे आधारमा राेजगारीकाे लागी विदेश जाने सदस्य तथा आश्रित वा अभिभावकलाई वैदेशिक रोजगारी सम्बन्धी कागजात समावेश गरि यो ऋण प्रवाह गरिनेछ ।
- कर्जाकाे अवधी बढीमा २ वर्षकाे हुनेछ ।
- कर्जाकाे व्याज मासिक रुपमा बुझाउनु पर्नेछ भने किस्ता आपसी समझदारीबाट मासिक,त्रैमासिक,अर्धवार्षिक वा वार्षिक गर्न सकिनेछ ।
Hire Purchase Loan (सवारी साधन खरिद कर्जा )
- सवारी साधनको कुल लागतको बढिमा ६० प्रतिशत सम्म लगानी गरिने यस ऋणमा सुरक्षणको रुपमा अन्य स्थीर सम्पत्ती (घर, जग्गा) बाहेक सोही साधन समेत संस्थाको नाममा समेत स्वामित्व सहित राखिन्छ ।
- प्रयोगमा आएको सवारी साधनको हकमा सवारी दर्ता भएको मितिले बढीमा ७ वर्ष भित्र सम्पुर्ण कर्जा रकम चुक्ता हुने गरी प्राविधिक मुल्याङ्कनको बढिमा ५० प्रतिशत सम्म कर्जा लगानी गर्न सकिनेछ ।
- यस कर्जाकाे व्याज र किस्ता मासिक रुपमा अनिवार्य तिर्नुपर्नेछ।
Saving Loan(बचत कर्जा)
- सदस्यहरुको मागलाई ध्यानमा राखी अनिवार्य बचत रकमकाे ९५% बचत कर्जाकाे रुपमा ऋण दिने व्यवस्था गरिएको छ ।
- बचत कर्जा शीर्षक अन्तरगत ऋण लिने सदस्यहरुले मासिक रुपमा व्याज भुक्तानी गर्नु पर्नेछ ।
- ऋणकाे अवधी बढीमा १ वर्षकाे हुनेछ ।
Business Loan(व्यापार/व्यवसाय कर्जा )
- सदस्यहरुलाई नेपाल सरकारकाे कानुनले वर्जित गरेका वाहेक जस्तोसुकै व्यापार व्यवसाय गर्नका लागि यस शीर्षक अन्तरगत ऋण लगानी गरिनेछ ।
- व्यापार व्यवसाय गरेको दर्ता प्रमाणपत्र, आयकर दर्ताको प्रमाण पत्र, कर चुक्ता प्रमाण पत्र, आवश्यक धितो र व्यवसायको लागत विवरण पेश गर्नुपर्ने छ ।
- ऋणकाे अवधी बढीमा ५ वर्षकाे हुनेछ ।
Commercial Loan(औधाेगिक कर्जा)
- ढुंगा, माटो, काठ, कपास, धातुजन्य वस्तुहरु ,अगरबत्ती, मैनबत्ती, चाउमिन, सस, पाउरोटी, प्रशोधन उद्योगहरु (कुटानी, पिसानी ), गारमेन्टस, बेकरी, आदी को स्थापना, प्रवर्धन र विकासको लागी औधाेगिक कर्जा प्रदान गरिनेछ ।
- ऋणकाे अवधी बढीमा ५ वर्षकाे हुनेछ ।
- कर्जाकाे व्याज मासिक रुपमा बुझाउनु पर्नेछ भने किस्ता आपसी समझदारीबाट मासिक,त्रैमासिक,अर्धवार्षिक वा वार्षिक गर्न सकिनेछ ।
Education Loan (शैक्षिक कर्जा)
- सदस्य स्वयम् वा सदस्यका आश्रित सन्ततीहरुले देश, विदेशमा उच्चशिक्षा हासिल गर्ने कार्यमा वित्तीय समस्याका कारण उच्चशिक्षा अवरुद्ध हुन नदिन संस्थाले उनीहरुको शैक्षिक प्रमाणपत्र, अध्ययन गर्न चाहेको विश्वविद्यालय वा क्याम्पसको भर्ना स्वीकृतिको पत्रका आधारमा शैक्षिक कर्जा लिन सकिनेछ ।
- ऋणकाे अवधी बढीमा ५ वर्षकाे हुनेछ ।
- कर्जाकाे व्याज मासिक रुपमा बुझाउनु पर्नेछ भने किस्ता आपसी समझदारीबाट मासिक,त्रैमासिक,अर्धवार्षिक वा वार्षिक गर्न सकिनेछ ।
Explore other services