Our Story

परिचय

 सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवल, रुपन्देही सहकारी ऐन २०४८ अनुसार २०५७ सालमा जिल्ला सहकारी कार्यालय नवलपरासीबाट दर्ता भएको यस सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय बुटवल ९ मिलनचाेकमा रहेको छ भने रुपन्देही जिल्लाको गैंडहवा गाउँपालिका वडा न.७ शान्तिबजारमा सेवाकेन्द्र कार्यलय रहेको छ । जनसमुदायबीच स्वालम्बनको भावना, पारस्परिक सहयोग, मितब्ययितामा रहेर संस्थाका सदस्यहरुको आर्थिक तथा सामाजिक जीवन–स्तर अभिबृद्धि गर्नका लागि सहकारीको अवधारणा र सिद्धान्तमा रही भावानत्मक एकता भएका प्रतिष्ठित ब्यवसायी, शिक्षक, कर्मचारी तथा बैकिङ्ग क्षेत्रमा लामो अनुभव प्राप्त गरेका ब्यक्तित्वहरुबाट स्थापित संस्था हो । यस संस्थाले सदस्यहरुमा छरिएर रहेको पूँजीलाई विभिन्न बचतको माध्यमबाट सकंलन गरी आर्कषक ब्याज प्रदान गर्ने तथा सरल तरिकाबाट छिटोछरितो र सुलभ दरमा कर्जा प्रवाह ग...

Learn More